१४ दिनदेखि बेपत्ता ३६ वर्षीया पवित्राको शव गोठमा भेटियो

दर्पण दैनिक ५ पुष २०८०,०८:०३
post

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीया पवित्रा तामाङ मृत फेला परेकी छन् । गत मङ्सिर–१९ गतेदेखि बेपत्ता भएकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा मृत फेला परेकी हुन् । 

पवित्राको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ । श्रीमानसँग सम्बन्धबिच्छेद गरेर माइती घर फर्केकी पवित्रा मङ्सिर–१९ गते राति ८ बजेसम्म टेलिभिजन हेरेर बसेकी थिइन् । 

भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि पवित्राको खोजी सुरु गरिएको आफन्तले बताएका छन् । बेपत्ताको खोजीका लागि परिवारले मङ्सिर २३ गते प्रहरीलाई खबर गरेका थिए । चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै श्रीमानसँग खटपट भएपछि नौ महिनाअघि सम्बन्धबिच्छेद गरेर माइती घर फर्किएकी थिइन् । तीन छोरी श्रीमासँगै छाडेकी पवित्रा कान्छी छोरी लिएर माइती घर बस्दै आएकी थिइन् ।

पवित्राको शव पत्करले छोपेको अवस्थामा मङ्गलबार फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिए । पवित्राको शव शङ्कास्पद अवस्थामा भेटिएकाले घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।  - रासस 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: