नेपाली कांग्रेस काभ्रेले जेठ महिनाभर क्रियाशील सदस्यलाई कार्ड वितरण गर्ने, १३५ वटै वडामा सम्मेलन गर्ने

दर्पण दैनिक २ जेष्ठ २०८१,२२:२८

तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा बस्यो नेपाली कांग्रेस काभ्रेको मासिक घुम्ती बैठक

post

काभ्रे । नेपाली कांग्रेस काभ्रेले जेठ महिनाभर आफ्ना क्रियाशील सदस्यलाई परिचयपत्र (कार्ड) वितरण गर्ने भएको छ । तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा बसेको जिल्ला कार्यसमितिको बैठकले जेठ महिनाभरमा  १ सय ३५ वटै वडामा सम्मेलन गर्ने र सोही दिन क्रियाशील कार्ड समेत वितरण गर्ने निर्णय गरेको हो । करिब १९ हजार सदस्यलाई क्रियाशील सदस्यता पत्र (कार्ड) वितरण गर्न लागेको नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले जानकारी दिए । 

जिल्ला कार्यसमिति बैठकले जिल्लाका पदाधिकारी एवं पूर्व पदाधिकारीलाई १३ स्थानीय तह र जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ संस्था प्रमुखहरुलाई वडामा प्रतिनिधि तोकेर सम्मेलन सम्पन्न गर्न खटाउने निर्णय पनि गरेको छ । 

सभापति तीर्थ लामाका अनुसार, सोही समयमा पार्टीका टोल समितिसम्म पूर्णता नपाएको भए पूर्णता दिने, भातृ तथा शुभेच्छुक संस्था गठन एवं विस्तार समेत हुनेछ ।  बैठकले  जिल्लामा गठन भएका विभिन्न शाखाले पूर्णता पाएकाले सदस्यहरुलाई मनोनयन पत्रसहित प्रशिक्षण दिने पनि तय गरेको छ ।

 

जिल्ला कार्यसमितिको आगामी बैठक बेथानचोकमा बस्ने निर्णय भएको सचिव माधव ढकालले जानकारी दिए । बैठकले तेमालका लालबहादुर थिङलाई आमन्त्रित जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

 


तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा सम्पन्न मासिक घुम्ती बैठक तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, बिशिष्ठ अतिथि नेपाली कांग्रेस काभ्रेका सभापति, पूर्व मन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामा रहेका थिए ।  तइस्तै, जिल्ला कार्यसमितिका पदाधिकारी लगायतकोउपस्थिति रहेको थियो । कार्यक्रमलाई सफल पार्नको आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने सबैलाई तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले धन्यवाद दिए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: