काभ्रे । काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका गुणराज मुक्तानले युवाको नेतृत्व र काभ्रेको आर्थिक समृद्धी र विकास आफ्नो मुल एजेन्डा भएको बताएका छन् । नेपाली कांग्रेसले पुस्तान्तरण र वैचारिक र सांगठनिक सुधारमार्फत पार्टी र मुलुक रूपान्तरणको मुद्दा बोकेको भन्दै काभ्रेको समृद्धी र विकास नै अफ्नो एजेण्डा रहेको उनले सुनाएका हुन् ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सचिवसमेत रहेका मुक्तानले युवाले नै युवाको विचार, भावना, समस्या, आवश्यकता र सवाल बोकेर नेपाली कांग्रेस निर्वाचनमा होमिएको भन्दै उनले कांग्रेसका शिक्षित, युवा उम्मेदवारलाई मतदान गरिदिन अनुरोध गरेका छन् ।
उनले आम युवा, महिला, आदिवासी जनजाती, किसान, मजदुर क्षेत्रका सबाल स्थापित गर्न बदलिएको, सुधारिएको, शसक्त र सुदृढ कांग्रेसले देशको अवस्था बदल्नुका साथै सबल र सम्मुनत बनाउने बताए ।
शालिन र बौद्धिक नेताको छवि बनाएका गुणराज नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा सक्रिय भएका हुन् । २०५८ सालमा कोटेश्वर बहुमुखी क्याम्पसबाट नेबिसंघको सदस्य भई राजनीतिक यात्रा आरम्भ गरेका मुक्तान २०६१ मा नेविसंघ काभ्रेपलाञ्चोक क्षेत्र न १ को सभापति भएर २ कार्यकाल नेतृत्व गरेका थिए ।
साबिक भीमखोरी गाउँ इकाईको सभापति भएर काम गरेका उनले १२ औं महाधिबेशन र १३ औं महाधिबेशनमा नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ को सचिव भइ २ कार्यकाल पुरा गरेका छन् ।
मुक्तान १४ औं महाधिबेशनमा नेपाली कांग्रेस काभ्रेको सचिवका साथै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । स्थानीय विकास, शासकीय पद्दतिमा तल्लो तहदेखि राष्ट्रियस्तरसम्म योजना र नीतिमा विज्ञता प्राप्त गरेका उनि जनमासमा भिजेका र राष्ट्रिय राजनीति बुझेका नेताका रुपमा चिनिन्छन् ।
बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य भएर काम गरेका उनले सरकार सञ्चालन, योजना निर्माणका साथै नीति निर्माणमा योगदान गरेका छन् ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको अध्यक्ष रहेका उनी उच्च स्तरीय शिक्षा आयोगको सदस्यसमेत भइसकेका छन् ।
सामाजिक क्षेत्रमा क्रियाशील मुक्तान नाङसाल एसोसियसन अध्यक्षको अध्यक्ष भएर खानीखोला, महाभारत, रोशी, नमोबुद्ध क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, विपद्पछिको पुनर्निर्माणमा काम खटिएका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)
















































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google