
काठमाडाैं । नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्न वरीयताले फरक नपर्ने बताएका छन् । आइतवार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि उनले मन्त्रालयमा पदभार ग्रहण गर्दै यस्ताे बताएका हुन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीले उनलाई पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको तपाइले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेपछिको वरीयतामा बस्न किन चाहेको हो ? भनी प्रश्न सोधेका थिए ।
सो प्रश्नको जवाफमा उनले जनताको सेवा गर्नेलाई वरीयताको मतलव नहुने बताए । यो सरकारमा चार जना उपप्रधानमन्त्री छन्, जसमा उपेन्द्र सबैभन्दा पछिल्लो वरीयताका उपप्रधानमन्त्री हुन् । उपेन्द्रले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिए ।
उनले संघीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियामा देखिएको ढिलाइलाई घटाउन छिटोछरितो बनाउन आवश्यक निर्देशन दिने निर्णय गरेका छन् ।
यसैगरी डिजीटल प्रविधिको प्रयोगलाई प्रभावकारी बनाइ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन समेत उनले दिएका छन् ।
यस्तै नयाँ स्वास्थ्य सेवा ऐनका सन्दर्भमा गठित कार्यदलको प्रतिवेदन स्वीकृत गर्ने समेत निर्णय गरेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google