एलिजा गौमतले छाडिन् राजनीति, लेखिन् यस्तो स्टाटस

दर्पण दैनिक २१ असार २०८०,१२:५४
post

काठमाडौं । एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी छाडेकी छिन् । पाँच महिनाअघि माघमा नागरिक उन्मुक्तिमा प्रवेश गरेकी अभिनेत्री एलिजाले धरान पुगेर पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।

नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीलाई जेलबाट छुटाउन आन्दोलनमा एलिजा पनि सक्रिय थिइन् । सत्ता गठबन्धनको बैठकमा पनि एलिजाले इन्ट्री गरेकी थिइन् । अहिले उनको पार्टी सत्तारुढ दल समेत हो । धरान उपमहानगरका मेयर हर्क राईलाई भेटेपछि उनले राजनीति त्यागेको घोषणा गरेकी हुन् ।

'दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु,' एलिजाको घोषणा छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
<