बाग्मती प्रदेश सरकारका मन्त्री लामाले प्रेस काउन्सिलमा दिए उजुरी

दर्पण दैनिक ३१ भाद्र २०८०,१९:०८
post

काभ्रे । बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामाले प्रेस काउन्सिलमा उजुरी दिएका छन् । २०८० भाद्र २५ गते काठमाडौंमा सुन जस्तो पहेंलो धातुको डल्ला (९६० ग्राम) बरामद भएको घटनामा आफ्नो समेत नाम मुछेर समाचार प्रकाशित भएपछि उनी ती सञ्चारमाध्यमविरुद्ध काउन्सिल पुगेका हुन् । 

आइतबार दर्ता भएको उजुरीमा कामना प्रकाशन प्रालिको अनलाइन संस्करण न्यूज अफ नेपाल डटकममा प्रकाशित मलद्वारमा लुकाइ ल्याएको ‘सुन’ले काभ्रे कांग्रेसमा खैलाबैला भन्ने शीर्षकको समाचारले व्यक्तिगत मानमर्दन र चरित्रहत्या गर्ने काम भएको उल्लेख छ । 

सोही सञ्चार संस्थाको मिति २०८० भाद्र ३१ गते प्रकाशित नेपाल समाचार पत्रको प्रथम पृष्ठमा मलद्वारको ‘सुन’ले प्रदेश मन्त्री संकटमा भन्ने शीर्षकको समाचार पनि निराधार, तथ्यहीन र अनर्गल प्रचार गर्ने उद्देश्यका साथ प्रकाशित भएको मन्त्री लामाले बताए । 

२०८० भदौ २९ गते नेपाल प्रेस डटकममा पनि ‘मलद्वारमा लुकाएर सुन तस्करी गर्ने गिरोहमा मन्त्री तीर्थ लामा नै जोडिए, पोल खुलेपछि तरुण दलका नेता फरार, बाग्मती प्रदेशका मन्त्री तथा काभ्रे कांग्रेसका सभापति तीर्थ लामाको सुन तस्करी गिरोहसँग कनेक्सन पुष्टि, पक्राउ परेकाबारे माओवादी सांसद सूर्यमान दोङको चासो’ भन्ने शीर्षकमा पनि अनर्गल र तथ्यहीन समाचार प्रकाशित भएकोले उक्त समाचारहरुले पत्रकार आचारसंहिताको समेत उल्लंघन गरेकोले प्रेस काउन्सिलले गम्भीरतापूर्वक छानविन गरी दोषीलाई कार्वाही गराउन र स्वतन्त्र प्रेसको मर्यादा कायम राख्न पनि मन्त्री लामाले माग गरेका छन् । 

‘कपोलकल्पित, तथ्यहिन र पूर्वाग्रही’ समाचारले आफूलाई मर्माहत र दुःखित तुल्याएको भन्दै उनले समाचारमा कुनै सत्यता नरहेको र कुनै प्रकारको संलग्नता नरहेको विज्ञप्ति जारी गरेका थिए । मन्त्री लामाले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन होस् भन्ने पक्षमा आफू दृढ रहेको उल्लेख गर्दैै दोषी पत्ता लगाउन र दोषीलाई कानुन बमोजिम कारवाहीको पनि माग गरिएको छ । साथै घटनाको सत्यतथ्य छानविन गर्न आवश्यक अनुसन्धानमा सम्बन्धित निकायलाई सहयोगका लागि प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख छ । 

गलत सूचनाका आधारमा कसैको मानहानी हुने गरी समाचार सम्प्रेषण नगर्न, सामाजिक सञ्जालमा अतिरञ्जित नगर्न र लोकतन्त्रको आधारभूत सिद्धान्त अनुसार नागरिकलाई सत्य तथ्य सूचना मात्र प्रवाह गर्न सम्बद्ध सबैमा अनुरोध गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले पनि एक विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सभापतिको चरित्र हत्या गर्ने, सामाजिक मर्यादामा आँच पुर्याउने दुषित मनसायका साथ प्रकाशित झुठा र आधारहीन समाचारप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रे घोर भत्र्सना, निन्दा एवं खण्डन गर्दै उक्त झुठा समाचारको कारण कुनै भ्रममा नपर्नु हुन सम्पूर्ण जनसमुदाय समक्ष अनुरोध गरिएको छ । नेपाली कांग्रेस काभ्रेले उक्त घटना उपर छानविन एवं अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउनु हुन सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दै प्रकृयामा सहयोग गर्न नेपाली कांग्रेस काभ्रे प्रतिबद्ध रहेको जनाएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: