एकीकृत समाजवादीमा २१ सदस्यीय पदाधिकारी, २५ सदस्यीय स्थायी कमिटी बनाउन प्रस्ताव

दर्पण दैनिक २ जेष्ठ २०८१,१९:०७
post

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरिएको छ । उपाध्यक्ष बेदुराम भुसालले वरिष्ठ नेता सहित जम्बो पदाधिकारी बनाउने प्रस्ताव गरेका हुन् । प्रस्तावअनुसार, उपाध्यक्ष र सचिव ७/७ जना हुनेछन् ।

उपमहासचिव ४ जना बनाउने प्रस्ताव गरिएको छ । अहिले एकीकृत समाजवादीमा तीन जना उपमहासचिव छन् । तर विधान संशोधन गरी थप एक जना उपमहासचिव थप गर्ने प्रस्ताव गरिएको छ ।

यसरी अध्यक्ष र महासचिव जोड्दा २१ सदस्य हुनेछ । अहिले अभ्यासमा रहेको सम्मानित नेताको व्यवस्था भने हटाइएको छ । नेकपा एमालेबाट अलग भएर पार्टी बन्दा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सम्मानित नेताको पद दिइएको छ ।

केन्द्रीय समितिको संख्या चाहिँ घटाउने प्रस्ताव गरिएको छ । संशोधित विधान बमोजिम १९९ सदस्यीय केन्द्रीय समिति हुनेछ भने २५ सदस्यीय स्थायी कमिटी बन्नेछ । एकीकृत समाजवादीमा अहिले साढे तीन सय हाराहारी केन्द्रीय सदस्य छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९