राष्ट्रिय स्वतन्त्र पार्टीले भन्याे, 'संसद्‌बाट खेद प्रस्ताव पारित गरौं'

दर्पण दैनिक १ जेष्ठ २०८०,१४:५०
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसद्‌बाट खेद प्रस्ताव पारित गर्नुपर्ने माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सोमबारको प्रतिनिधिसभा बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणप्रति राष्ट्रले नै लज्जाबोध गर्नुपर्ने बताए । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि छाड्न नहुने माग गर्दै प्रमुख सचेतक परियारले सरकारले संसद्‌मा जवाफ दिनुपर्ने पनि माग गरेका हुन् । 'नक्कली भुटानी शरणार्थीको विषयमा जुन घटना आएको छ यसले नेपाली राजनीतिलाई लज्जित बनाएको छ । म सभामुखमार्फत नेपाल सरकारका गृहमन्त्रीलाई त्यो घटनाको छानबिन कहाँ पुगेको छ जवाफ दिनुहुन अनुरोध गर्दछु,' उनले भने, 'नेपाल राष्ट्रका लागि म सम्माननीय सभामुखमार्फत नेपाल सरकारलाई यो घटनाप्रति लज्जाबोध गरेर खेद प्रस्ताव पास गर्न अनुरोध गर्दछु ।'

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: