
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले ‘अवैधानिक’ निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै प्रवक्ता मनीष सुमनले दल विभाजनसम्बन्धी समाचारबारे पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
हाल संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेजको स्थितिमा रहेको उनले उल्लेख गरेका छन् । उनले बहुमत केन्द्रीय सदस्य पार्टीप्रति नै प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।
'केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नुहुन अनुरोध छ,' विज्ञप्तिमा उल्लेख छ ।
नेता अशोक राईको नेतृत्वमा केही केन्द्रीय सदस्य र सांसद जसपा नेपालबाट अलग भई नयाँ पार्टी दर्ताका निम्ति आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google