एकको बदला तीन सांसद लिएर संसद छिर्ने रविको उद्घोष

दर्पण दैनिक १७ चैत्र २०७९,०७:५७
post

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्ना उम्मेदवार विजयी हुने दाबी गरेका छन् । 

उनले अब स्वर्णिम दिनहरू आउने र देश आफ्नो पुस्ताले हाँक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले एकको बदला तीन सांसद लिएर संसद छिर्ने सपना रहेको बताएका छन् । 

‘मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरू टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम दिनहरू आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ । एकको बदला तिन लिएर संसद छिर्ने सपना छ’, रविले भनेका छन् । 

नागरिकतासम्बन्धी मुद्दा हारेपछि चितवन २ बाट निर्वाचित रविकाे सा‌ंसदसँगै उपप्रधान तथा गृहमन्त्रीकाे पद गुमेकाे थियाे । उनी चितवनबाट फेरि उम्मेदवार बन्दैछन् । 

यस्तै तनहुँमा हुने उपनिर्वाचनमा कांग्रेस त्यागेका अर्थविद् स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार बन्दैछन् । बारामा रास्वपाबाट रमेश खरेल उम्मेदवार बन्ने चर्चा चलिरहेकाे छ । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९