काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीसँग दलका नेताहरूको संवाद सुरु भएको छ । प्रधानमन्त्री निवासको सगरमाथा कक्षमा संवाद सुरु भएको हो । संवादमा १० राजनीतिक दलका नेताका साथै दुई जना पर्यवेक्षक पनि सहभागी छन् । संवादमा पर्यवेक्षकका रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक सहभागी भएका हुन् ।
छलफलमा ठूला दलका दोस्रो तहका नेताहरू सहभागी छन् । यो छलफलअघि प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनका घाइतेहरूसँग बालुवाटारमा साढे चार घण्टा छलफल गरेकी छन् । छलफलमा भ्रष्टाचारी नेताहरूलाई कारबाही गर्नेबारे लामो छलफल भएको थियो ।
यसअघि सात राजनीतिक दललाई मात्रै संवादमा बोलाइएकोमा अन्तिम अवस्थामा थप तीन दललाई पनि सहभागी गराइएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार नेमकिपा, लोसपा र नाउपालाई थपिएको हो ।
प्रधानमन्त्री सचिवालयका अनुसार छलफलमा सहभागीहरू
प्रधानमन्त्री सुशीला कार्की
अर्थमन्त्री रामेश्वर खनाल
ऊर्जामन्त्री कुलमान घिसिङ
गृहमन्त्री ओमप्रकाश अर्याल
कृषिमन्त्री मदन परियार
प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल
गगन थापा, प्रकाशशरण महत
शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली
वर्षमान पुन, पम्फा भुसाल
स्वर्णिम वाग्ले, सोविता गौतम
राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ
उपेन्द्र यादव, प्रकाश अधिकारी
सर्वेन्द्रनाथ शुक्ल
रेशम चौधरी
प्रेम सुवाल
चन्दन सिंह
राजेन्द्र पाण्डे
प्रकाश ज्वाला
पर्यवेक्षकद्वय
केदारभक्त माथेमा
विद्याधर मल्लिक


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google