काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार तिर्नुपर्ने अनिवार्य शुल्क नबुझाएका ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा स्वास्थ्य मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार चितवन मेडिकल कलेज, भरतपुरबाट ७ लाख रुपैयाँ, नेपाल मेडिसिटी अस्पतालबाट १८ लाख रुपैयाँ, गण्डकी मेडिकल कलेज, पोखराबाट १० लाख रुपैयाँ, नोबेल मेडिकल कलेज, विराटनगरबाट २४ लाख ४४ हजार रुपैयाँ तथा नेपाल मेडिकल कलेजबाट १० लाख रुपैयाँ असुल गरिनेछ।
त्यसैगरी किष्ट मेडिकल कलेज, ललितपुरबाट १८ लाख रुपैयाँ, धुलिखेल अस्पताल, काभ्रेबाट १७ लाख रुपैयाँ, मणिपाल शिक्षण अस्पताल, पोखराबाट १८ लाख रुपैयाँ, काठमाडौँ मेडिकल कलेजबाट १८ लाख रुपैयाँ, देवदह मेडिकल कलेजबाट ८ लाख रुपैयाँ तथा युनिभर्सल मेडिकल कलेज, भैरहवाबाट ३० लाख रुपैयाँ असुल गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयनको चरणमा प्रवेश गरेको जनाएको छ। महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका विषयलाई सम्बोधन गर्दै बक्यौता शुल्क असुली प्रक्रिया अघि बढाइएको मन्त्रालयको भनाइ छ।




























































.jpg)



















.jpg)





























.jpg)













प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google