काठमाडौं मेडिकल कलेजका इन्टर्न डाक्टरहरु आन्दोलित, यी हुन् मागहरू

दर्पण दैनिक २ कार्तिक २०८१,१२:५०
post

काठमाडौं । एमबीबीएस अध्ययन गर्दा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै काठमाडौं मेडिकल कलेज (केएमसी) का इन्टर्न डाक्टरहरु आन्दोलित भएका छन् ।

चिकित्सा शिक्षा आयोगले अतिरिक्त शूल्कमा ट्यूसन र होस्टल फिबाहेकको शूल्क लिन नपाउने भनेर २०७६ मंसिर ११ गते नै भनेको भएपनि त्यसलाई कार्यान्वयन नगरेकाले आफूहरुले विरोध गर्नु परेको इन्टर्न गरिरहेका डाक्टरहरूले बताएका छन् ।

सन् २०१८ को अक्टुबरमा भर्ना भएको ब्याचले २० भदौ २०८१ र ६ असोज २०८१ मा विनेदन दिँदा पनि अस्पतालले कुनै सुनुवाइ नगरेकाे उनीहरकाे गुनासाे छ । त्यसैले सरकारी नियम अनुसार यथाशीघ्र शुल्क समायोजन गर्न माग राखेर अस्पताल परिसरमा प्रदर्शन गरेको उनीहरूले बताएका छन् ।

अस्पताल प्रशासनले यथाशीघ्र इन्टर्न डाक्टरहरुसँग लिखित सहमति नगरे कानूनी प्रक्रियामा समेत थाल्ने र थप आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गर्ने तयारी गरेको बताइएको छ ।

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: