
काभ्रे । खानीखोला गाउँपालिकामा दुई दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रलय, स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय, काभ्रेको आयोजनामा र खानीखोला गाउँपालिकाको समन्वयमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्धधन अभियान अन्तरगत गाउँपालिकाको केन्द्र तालढुङ्गामा २ दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
जेठ ८ र ९ गते संचालन भएको शिविरमा चिकित्सक हाडजोर्नी, नाक, कान, घाटी, आँखा, दात, स्त्री रोग, प्रसुती छाला रोग सम्बन्धी चिकित्सकले स्वास्थ्य परिक्षण गरि उपचार र परामर्श सेवा प्रदान गरेका थिए । साथै, निःशुल्क औषधि वितरण गरिएको थियो ।
बृहत स्वास्थ्य शिविरबाट ४ सय ५८ जनाले निःशुल्क स्वास्थ्य लाभ लिएको कार्यक्रम संयोजक तथा जनस्वास्थ्य कार्यालय काभ्रे परिवार नियोजन अधिकृत पधराज कैनीले जानकारी दिए ।
स्वास्थ्य शिविर उदघाटन गर्दै प्रमुख अतिथि खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)ले विकास पूर्वाधार हिसाबले विकटताले भएको ठाउँ गाउँपालिका स्वास्थ्य शिविर आयोजना गरेकोमा जनस्वास्थ्य कार्यालय काभ्रेलाई धन्यवाद व्यक्त गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले स्थानीयहरुको स्वास्थ्य समस्याको पहिचान गरि समाधान हुने विश्वासका साथ शिविर सञ्चालन गरिएको बताए ।
सामाजिक विकास संयोजक तथा वडा ४ का अध्यक्ष निशान मोक्तानले जनस्वास्थ्य कार्यलय प्रति आभार प्रकट गर्दै जनताको स्वास्थ्यलाई मध्यनजर गरि उतरदायी भएर यो शिविर सञ्चालन गरेको बताए ।
जनस्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख रागीश्री कक्षपति क्षेष्ठले एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्धधन अभियान अन्तरगत विकट क्षेत्रमा यो सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको बताइन ।
खानिखोला गाउँपालिका स्वास्थ्य शाखा निमित्त प्रमुख दुतराज थापा मगरसहित ताल्ढुङ्गाका स्वास्थ्य कर्मिहरुको टोलीले सेवा दिएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google