सातबुँदे घोषणापत्र जारी गर्दै सकियाे स्वास्थ्य वैज्ञानिकहरुको नवौँ राष्ट्रिय सम्मेलन

दर्पण दैनिक ३० चैत्र २०७९,१४:२५
post

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा चैत २८ र २९ गते भएको सम्मेलनले स्वास्थ्य क्षेत्रका नीति निर्माणका लागि सहयोग पुर्‍याउने उद्देश्यले सातबुँदे घोषणापत्र जारी गरेको हो । 

दुईदिने सम्मेलनमा स्वदेशी–विदेशी गरी एक हजार बढी स्वास्थ्य अनुसन्धानसँग सम्बन्धित व्यक्तिहरु सहभागी थिए भने १५० वटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए ।

यस्तो छ सात बुँदे घोषणापत्र

१. राज्यका सबै तहमा अनुसन्धानकर्ता, नीति निर्माता तथा कार्यक्रम व्यवस्थापकहरुबीच मजबुत सम्बन्ध विकास गर्दै तथ्यमा आधारित प्रमाणलाई नीति तथा कार्यक्रममा प्रयोग गर्ने ।

२. संयन्त्रको बढावा सुदृढीकरण संस्थागत गर्ने ।

३. उच्च गुणस्तरको स्वास्थ्य नीति र प्रणालीगत अनुसन्धानका लागि अनुसन्धान तथा शैक्षिक संस्थाहरुबीचको आवश्यक सहकार्यलाई मजबुत एवं प्रबद्र्धन गर्ने ।

४. स्वास्थ्यका बृहत्तर निर्धारकहरुलाई सम्बोधन गर्न गुणात्मक प्रमाणको आधारमा समाधानका उपायहरु पहिचान गर्न बहुक्षेत्रीय सरोकारवालाहरुबीचको समन्वय, सहकार्य, र साझेदारीलाई सुदृढीकरण गर्ने ।

५. स्वास्थ्य प्रणालीका समस्याहरुलाई नविनतम् समाधान प्रदान गर्ने नवपरिवर्तनमुखी अनुसन्धानलाई मूल्यांकन प्रवद्र्धन र बृहत्तर कार्यन्वयनका लागि संयन्त्र विकास एवं संस्थागत गर्ने ।

६. जनतालाई वित्तीय जोखिमबाट बचाउँदै स्वास्थ्यमा विश्वव्यापी पहुँचतर्फ प्रगतिशील उपलब्धि हासिल गर्दै, समतामुलक पहुँचलाई सहजीकरण गर्न अनुसन्धानमा आधारित प्रमाणको उत्पादन तथा प्रयोग प्रवद्र्धन गर्ने ।

७. प्रमाणको आधारमा नीति तथा कार्यक्रम निर्माणको व्यवस्थित संयन्त्र स्थापित गर्न यस अघिका सम्मेलन तथा त्यसका घोषणाहरुको समीक्षा तथा विश्लेषण गर्ने ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: