
काभ्रे । तेमाल गाउँपालिकामा आज (बिहीबार)देखि एचपिभी खाेप अभियान कार्यक्रमकाे शुभारम्भ भएको छ । जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठकाे प्रमुख आतिथ्यता, तेमाल गाउँपालिकाका अध्यक्षकाे चन्द्रबहादुर तामाङकाे विशेष उपस्थिति र प्रमुख प्रशासकीय अधिकृत याेगेन्द्रराज गुरुङ्गकाे सभाध्यक्षतामा पाेखरी पोखरी नारायणस्थान स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गरि खाेप अभियान कार्यक्रमकाे शुभारम्भ गरिएकाे हाे ।
श्री नारायणस्थान माध्यामिक विद्यालयबाट कक्षा ६-१० मा अध्ययनरत छात्राहरुमा भ्याक्सिन लगाई सुरुवात गरिएको छ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google