इकुडोलमा १ दिने पोषण तालिम सम्पन्न

दर्पण दैनिक ३२ जेष्ठ २०८०,०८:३५
post

ललितपुर । बाग्मती गाउँपालिका ५ इकुडोलमा ग्रामीण सामुदायिक विकास संस्था रिकोड र इकुडोल हेल्थपोस्टको आयोजनमा हेल्थपोस्ट समिति र स्वयंसेविकालाई गत सोमबार एक दिने पोषण तालिम आयोजना गरिएको छ  । रिकोडले इकुडोलमा  सन् २०२२ को अप्रिलदेखि खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना लागु गरेको छ । सो परियोजनमार्फत महिला सशक्तिकरण र पोषण सुधारका क्षेत्रमा आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको रिकोडका समुदाय सहजकर्ता सविन तिमल्सिनाले जानकारी दिए ।

रिकोडका प्रतिनिधि तिमल्सिनाका अनुसार आमा समूहमा आबद्ध महिलाका लागि पोषण सत्र, सासू आमाहरूका लागि पोषणसम्बन्धी अभिमुखिकरण, किशोरकिशोरीका लागि प्रजनन् स्वास्थ्य र पोषणसम्बन्धी जानकारी, समूह र वित्तीय व्यवस्थापनसम्बन्धी तालिम, आयआर्जन र पोषण सुधारका लागि कृषक लक्षित कृषि र भेटेरिनरी तालिम तथा करेशाबारीमा लगाउने तरकारीका बिउबिजन सहयोग लगायतका क्रियाकलाप सञ्चालनमा रहेका छन् ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: