
सोलुखुम्बु । लिखुपिके गाउँपालिकामा १ सय ५२ जनाको आँखा परीक्षण गरिएको छ । सोहीमध्ये पाँच जनाको भने मोतिविन्दुको समस्या देखिएकोले शल्यक्रिया गर्नुपर्ने बताइएको छ । ३५ जनालाई सहुलियत मुल्यमा चस्मा वितरण गरिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको सचिवालयले जनाएको छ। मोतिविन्दुको बिरामीको शल्यक्रिया भने जिल्ला अस्पताल फाप्लुमा हुने भएको छ ।
उक्त शिविर जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको आयोजना तथा लिखुपिके गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा संचालन भएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google