कर्णाली प्रतिष्ठानको शिक्षाध्यक्षमा बझाङका डा. धामी नियुक्त

दर्पण दैनिक १९ असार २०८०,०६:५६
post

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर)मा सह–प्राडा डबलबहादुर धामी नियुक्त भएका छन् ।

यसअघिका शिक्षाध्यक्ष डा निरेश थापाले विसं २०८० वैशाख १ गते पदबाट राजीनामा दिएपछि रिक्त भएको उक्त पदमा डा धामीसहित प्राडा मुनिराज क्षेत्री र सह–प्राडा कुशल भट्टराईले आवेदन दिएका थिए ।

दुई महिना १६ दिनसम्म खाली रहेको शिक्षाध्यक्ष पदमा उपकुलपति डा मङ्गल रावलको सिफारिसमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आइतबार डा धामीलाई सो पदमा नियुक्त गरेका हुन् ।

फार्माकोलोजिष्ट सह–प्राडा धामी बझाङ जिल्ला निवासी हुन् । उनले काठमाडौं विश्वविद्यालयबाट एमडी इन क्लिनिकल फार्माकोलोजी एन्ड थेरापिउटिक्स अर्थात् औषधि विज्ञानमा स्नातकोत्तर गरेका छन् ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: