नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण

दर्पण दैनिक १८ माघ २०८०,१६:४४
post

काठमाडौं । नेपालमा पहिलोपटक नेपाली चिकित्सकको टोली मात्रै रहेर सफल कलेजो प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पताल टिचिङका कलेजो प्रत्यारोपण सर्जन डा.रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले सफल प्रत्यारोपण गरेको हो । 

डा.भण्डारीका अनुसार गत पुस २७ मा नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको थियो । उनलाई ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । कलेजो प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य अवस्था राम्रो रहेको र आज डिस्चार्ज हुने डा. भण्डारीले जानकारी दिए । 

दाता श्रीमतीको भने १० दिन अगाडि नै डिस्चार्ज भइसकेको छ । यसअघि विदेशबाट आएका चिकित्सकहरूको सहयोगमा मात्रै कलेजो प्रत्यारोपण हुँदै आएको थियो ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: