स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम

दर्पण दैनिक २० फाल्गुन २०८१,०६:४३
post

काठमाडाैं । नेपाल मेडिकल कलेजले स्टाफ नर्सहरुलाई क्रिटिकल केयरको तालिम प्रदान गरेको छ । कलेजले आफ्ना ३६ जना स्टाफ नर्सहरुलाई क्रिटिकल केयर सम्बन्धी विषयमा २ दिने तालिम सञ्चालन गरेको हो । नर्सेस एशोसिएशन अफ नेपालसँगको समन्वयमा आयोजित क्रिटिकल केयरको तालिममा सहभागीहरुलाई मुटु रोग, सघन उपचार, इमरजेन्सी भेन्टिलेटर उपचार सम्बन्धी तालिम दिइएको छ ।

क्रिटिकल केयर नर्सेस एशोसिएशन अफ नेपाल अन्तरगत एनसिसि डेभलपमेन्ट फाउण्डेशनकी अध्यक्ष लक्ष्मी केसी भण्डारी, फाउण्डेशनका कविता सिटौला, श्रेयष्मा रेग्मी, श्रृष्टी अर्याल, सपना खड्का, प्रभा श्रेष्ठ लगायतले विषयगत तालिम दिएका थिए ।

क्रिटिकल केयरको तालिमले नेपाल मेडिकल कलेजमा आउने विरामीहरुको उपचार तथा स्याहारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कलेजका अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्यायले नर्सहरु बिरामीको उपचार तथा अस्पताल सेवाको लागि महत्वपूर्ण रहेको बताउँदै उनीहरुको क्षमता अभिबृद्धि गर्न कलेज सदैव सकारात्मक रहेको बताए । उनले तालिमले कलेजको स्वास्थ्य सेवा, आइसियूको सेवा गुणस्तरीय र प्रभावकारी हुने विस्वास लिएको बताए ।

तालिमको समापनमा सहभागीहरुलाई संवोधन गर्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यास्मिनले तालिमबाट अस्पतालमा कार्यरत स्वास्थ्य परिचारिकाहरुको क्षमता विकास, क्रिटिकल केयरको उपचारमा थप क्षमता विकास भएको बताइन् । उनले तालिममा सिकेका विषयहरु कार्यान्वयन गर्नु ठूलो कुरा रहेको बताउँदै कलेजले समय समयमा यस्ता तालिमहरु सञ्चालन गर्दै जाने उल्लेख गरिन् ।


कुनैपनि बिरामीको उपचारमा डाक्टरहरुको जति भूमिका रहन्छ नर्सहरुको भूमिका पनि रहने भन्दै प्रबन्ध निर्देशक डा. यासमिनले डाक्टरहरुले लेख्ने औषधी एकै प्रकारको भएपनि नर्सहरुबाट पाउने स्वास्थ्य स्याहार फरक र महत्वूर्ण हुने जिकीर गरिन् । नेपालमा मात्र नभएर दक्षिण एसियामै क्रिटिकल केयरलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताउँदै क्रिटिकल केयरको तालिमले नर्सहरुलाई बिरामीको सेवा र उपचारमा बढी लगनशील र दृढ बनाउने अपेक्षा गरेको बताइन् । 

प्रबन्ध निर्देशक डा. यासमिनले भनिन्, ‘यो तालिमले तपाईहरुको क्षमतालाई अझै विस्तार गर्नेछ । आइसियूको मोडालिटीलाई अझै राम्रो बनाउन अपेक्षा लिएका छौं । तालिम पछि तपाईहरु नेपालमा होस् वा नेपाल बाहिर गएपनि क्रिटिकल केयरमा जुनसुकै अस्पतालमा काम गर्न सक्षम बनाउने छ ।’
 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: