कक्षा १२ को नतिजा प्रकाशित

दर्पण दैनिक ३० श्रावण २०८०,१८:३८
post

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । मंगलबार अपराह्न बसेको बोर्ड बैठकले परीक्षाफल प्रकाशित गरेको हो । गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको छ । बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी 'ननग्रेडेड' भएका छन् ।

गत वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गतवर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । ती मध्ये २ विषयसम्म एनएजी 'ननग्रेडेड' आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपाली ग्रेडवृद्धि परीक्षा दिएका छन् ।

याे पनि : यसरी हेर्न सकिन्छ ?

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: