नेपाली भाषामा संवाद गरेमा विद्यार्थी दण्डित गर्ने तत्काल राेक्न विद्यालयलाई काठमाडौँ महानगरकाे निर्देशन

दर्पण दैनिक २२ बैशाख २०८२,१६:५६
post

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले केही विद्यालयहरूले नेपाली भाषामा संवाद गरेमा दण्डित गर्ने वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ । महानगरले विज्ञप्ति जारी गर्दै बोर्डिङमा नेपाली भाषा बोले जरिवाना तिर्नुपर्ने गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो कार्य नगर्न निर्देशन दिएको हो ।

महानगरका शिक्षा अधिकृत नेत्र नारायण पौडेलले जारी गरेको विज्ञप्तिमा कुनै विद्यालयले शिक्षणको माध्यम अंग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अंग्रेजी भाषालाई अनिवार्य गरी नेपाली भाषा बन्देज गर्ने कार्य तत्काल बन्द गर्न भनिएको छ ।

‘यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

केही निजी विद्यालयहरूले अंग्रेजी भाषालाई प्राथमिकतामा राखेर विद्यालय समय भरी नै अंग्रेजी बोल्न बाध्य पार्न गरेको भन्दै गुनासो आउने गरेको महानगरले जनाएको छ ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: