नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघमा शाह

दर्पण दैनिक २८ पुष २०८१,११:४५
post

काठमाडौँ । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औं वार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय अधिवेशनले विजेन्द्र विक्रम शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले नौ जना पदाधिकारी र १० सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

१९ सदस्यिय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मेखबहादुर अधिकारी, प्रथम अध्यक्षमा केशवराज खनाल र द्वतीय उपाध्यक्ष प्रकाश श्रेष्ठ सर्वसम्मत भए ।
यस्तै राकेश मेहता महासचिव, गोपाल खेतान उपमहासचिव, गणेशप्रसाद अधिकारी कोषाध्यक्ष, गंगाबहादुर अधिकारी सचिव, सुरेशकुमार भट्टराई सहकोषाध्यक्ष पनि निर्विरोध निर्वाचित भए ।
 
सदस्यहरुमा रञ्जितकुमार अग्रवाल, दिलिपकुमार अग्रवाल, कमल नेपाल, राजेन्द्र डंगोल, पंकज अग्रवाल, प्रदिपकुमार घिमिरे, राजकृष्ण दाहाल, किरण खरेल, हेमराज खनाल र विचित्र ढुंगाना चुनिएका छन् । यो कार्यसमितिको कार्यावधि दुई वर्षको रहनेछ । नव निर्वाचित अध्यक्ष शाहले आफ्नो कार्यकालमा मसलन्द उद्योगको विकासका लागि सदैव लाग्ने प्रतिवद्धता जनाउँदै सर्व सम्मत बनाउन पहल गर्ने सबैलाई धन्यवाद दिए ।


अधिवेशनको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका थिए । मन्त्री लेखकले सरकारले बढि मुल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने निति लिएको बताउदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: