दलमा लागेका शिक्षकमाथि भएको कारबाहीको विवरण माग

दर्पण दैनिक ४ जेष्ठ २०८१,०९:१०
post

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यसमितिमा रहेका शिक्षक र विद्यालय कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ । केन्द्रले बुधबार सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार राजनीतिक दलको कार्यसमितिका रहेका र महाधिवेशन प्रतिनिधि रहेका शिक्षक कर्मचारीमाथि के कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ भन्दै १५ दिनभित्र विवरण पेश गर्न भनेको हो ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ वैशाखमा दलको कार्यसमितिमा रहेका शिक्षकलाई कारबाही गर्न मातहतका निकायमा पत्राचार गरेको थियो । त्यसपछि २८ वैशाखमा उक्त निर्णय कार्यान्वयनको प्रगतिबारे विवरण माग गरेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रालयको ती दुई पत्र उधृत गर्दै जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइबाट १५ दिनभित्र विवरण माग गरेको हो ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: