बागबजारमा रहेको काठमाडौं मोडेल कलेजले पायो उत्कृष्ट अवार्ड

दर्पण दैनिक ३ आश्विन २०८०,१४:४९
post

काठमाडौँ । बागबजारमा रहेको काठमाडौं मोडेल कलेज (केएमसी) ले उत्कृष्ट कलेजको अवार्ड पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका निजी कलेजहरूमध्ये केएमसीलाई सर्वोत्कृष्ट कलेजको अवार्ड प्रदान गरेको हो । 


राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सम्मान गरेका हुन् । उसले २ लाख ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाएको हो । 

विगत २० वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको केएमसीले शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै सरकारले सम्मान गरेको हो । 

कलेज प्रमुख सुरेन्द्र सुवेदीले नेपालभरका निजी कलेजहरूमध्येबाट सर्वोत्कृष्ट कलेजका रूपमा पुरस्कृत एवं सम्मानित भएको खुसी व्यक्त गरे । 

विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनको आभारमा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी कलेजहरूमध्ये राष्ट्रियस्तरमा उत्कृष्ट भएको हो । 

त्यस्तै आङ्गिक तर्फ ललितपुरमा रहेको पुल्चोक क्याम्पस र सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसतर्फ रुपन्देहीको लुम्बिनी वाणिज्य क्याम्पस उत्कृष्ट भएका हुन् । उनीहरू सबैले नगद २ लाख ५० हजारका दरले पुरस्कार पाएका हुन् । 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: