एनआरएनए स्पेनको महिला फोरमद्वारा गोरखाको प्रजा ज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

दर्पण दैनिक ७ भाद्र २०८२,१९:२५
post

गोरखा । नेपालको चेपाङ समुदायका बालबालिकाहरूको शिक्षा सुधारमा योगदान पुर्‍याउने क्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको महिला फोरमले गोरखा जिल्लाको गण्डकी गाउँपालिकामा अवस्थित प्रजा ज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । स्पेनमा बसेर पनि मातृभूमिको सेवा गर्ने भावनाका साथ आयोजित यो कार्यक्रमले स्थानीय समुदायमा आशा जगाएको छ ।

एनआरएनए स्पेनका पूर्व अध्यक्ष तथा हाल अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)का सचिव चिन्तामणी सापकोटाले एनआरएनए स्पेन महिला फोरमको तर्फबाट विद्यालयलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन् । सापकोटा आइसीसीको ‘वान एनसीसी, वान च्यारिटी’ अभियानका संयोजक पनि छन् ।

अभियानले विश्वभरका एनआरएनए एनसीसीहरूलाई सामाजिक सेवामा जोड्ने लक्ष्य राखेको छ । उनले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तथा वडा सदस्य कल्पना चेपाङ र प्रधानाध्यापक निर्मला अर्याल रेग्मीलाई सामग्रीहरू प्रदान गरे ।

यो विद्यालयमा मुख्य रूपमा चेपाङ समुदायका ६३ जना बालबालिकाहरू अध्ययनरत छन् । आर्थिक अभावका कारण उनीहरूको शिक्षा प्रायः प्रभावित हुने गरेको छ । हस्तान्तरण गरिएका सामग्रीहरूमा विद्यालय पोशाक, कापी, कलम लगायतका आधारभूत शैक्षिक सामग्रीहरू समावेश छन् । यी सामग्रीले  बालबालिकाहरूलाई नियमित अध्ययनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा सापकोटाले महिला फोरमकी निवर्तमान संयोजक तथा हाल उपाध्यक्ष भएकी जमुना सापकोटा र उहाँको टिमले सहयोग गर्ने निर्णय गरेकाले आफूले हस्तान्तरण गरेको बताए । उनले भने, “स्पेनमा रहनुभएका हाम्रा दिदीबहिनीहरूले मासिक रूपमा १ युरो संकलन गर्ने अभियान चलाउनुभएको छ । त्यही सानो योगदानबाट जम्मा भएको रकमले यो सहयोग सम्भव भएको हो। आगामी दिनहरूमा पनि यस्ता सहयोगका लागि हामी तयार छौं ।’  

एनआरएनए स्पेनको महिला फोरमले यसअघि पनि नेपालका विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ । 

सामग्री ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कल्पना चेपाङले विद्यालयको वर्तमान अवस्थाबारे जानकारी दिइन् । उनले भनिन्, ‘अहिले पनि विद्यालय अप्ठेरो अवस्थामा छ । दाताहरूको सहयोगले मात्र यो चलेको छ। सरकारले ३ जना स्थायी शिक्षकको दरबन्दी दिएको छ, तर बाँकी ४ जनालाई आन्तरिक स्रोत र नमस्ते तारा फाउन्डेशनको सहयोगबाट व्यवस्थापन गरेका छौं ।’ चेपाङ समुदायका बालबालिकाहरूमा स्वास्थ्य समस्या पनि बढ्दो क्रममा रहेको उनले बताइन् ।

विशेष गरी जन्डिस (हेपाटाइटिस) जस्ता रोगहरूका कारण धेरै बालबालिकाहरू विद्यालय आउन सक्दैनन् । कल्पना चेपाङले थपिन्, ‘केही बालबालिकाहरू अनाथ र टुहुरा छन् । बालबच्चा जन्माउने अनि आमा अन्यत्र जाने, कतिका बाबु नहुने समस्या छ । यस्ता सामाजिक समस्याहरूले शिक्षा प्रभावित भएको छ ।’ यो समुदायमा गरीबी, स्वास्थ्य समस्या र पारिवारिक विघटन जस्ता चुनौतीहरू प्रबल छन्, जसले बालबालिकाहरूको भविष्यलाई जोखिममा पारिरहेको छ ।

प्रधानाध्यापक निर्मला अर्याल रेग्मीले सहयोगका लागि आभार व्यक्त गर्दै विद्यालयको शिक्षा सुधारमा आफूहरू निरन्तर प्रयासरत रहेको बताइन्। उनले भनिन्, “यो सहयोगले बालबालिकाहरूलाई प्रोत्साहन मिलेको छ। हामी शिक्षा गुणस्तर सुधार्न पहल गरिरहेका छौं, तर थप सहयोग आवश्यक छ।“ विद्यालयले स्थानीय स्तरमा स्वास्थ्य शिविर र अभिभावक जागरण कार्यक्रमहरू पनि सञ्चालन गर्ने योजना बनाएको छ ।

चेपाङ समुदाय नेपालको आदिवासी जनजातिमध्ये एक हो, जसको मुख्य बसोबास गोरखा, चितवन, मकवानपुर लगायतका जिल्लाहरूमा छ। उनीहरूको जीविकोपार्जन मुख्य रूपमा जंगल र कृषिमा निर्भर छ, तर जलवायु परिवर्तन र आधुनिकीकरणका कारण उनीहरूको जीवन थप कष्टकर बन्दै गएको छ। शिक्षा दर निकै न्यून रहेको यो समुदायमा बालबालिकाहरू प्रायः घरेलु काम र स्वास्थ्य समस्याका कारण विद्यालयबाट टाढा रहन्छन् ।

प्रजा ज्योति आधारभूत विद्यालय जस्ता संस्थाहरूले यस्ता बालबालिकाहरूलाई शिक्षा प्रदान गर्ने प्रयास गरिरहेका छन् । तर स्रोतको अभाव सधैंको समस्या हो। एनआरएनए जस्ता संस्थाहरूको सहयोगले यस्ता विद्यालयहरूलाई नयाँ जीवन दिन्छ । यसै क्रममा, ‘वान एनसीसी, वान च्यारिटी’ अभियानले विश्वभरका नेपालीहरूलाई सामाजिक सेवामा जोड्ने लक्ष्य राखेको छ, जसबाट नेपालका दुर्गम क्षेत्रहरू लाभान्वित हुने अपेक्षा छ ।

 स्पेनबाट आएको यो सानो सहयोगले गोरखाका चेपाङ बालबालिकाहरूको मुहारमा मुस्कान ल्याएको छ, तर दीर्घकालीन समाधानका लागि सरकारी स्तरबाट थप पहल आवश्यक छ । आगामी दिनहरूमा एनआरएनए स्पेनले स्वास्थ्य र शिक्षा क्षेत्रमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, जसले यो समुदायको उन्नतिमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

मिथिलामा सुरु भयो छठपर्व

९ कार्तिक २०८२,०८:१०
post

आज सोनाम ल्होसार

६ माघ २०८२,०८:५९
post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: