शैक्षिक परामर्श संघकाे अध्यक्षमा भट्टराई विजयी, कसकाे कित मत ?

दर्पण दैनिक ३१ असार २०८०,०७:१४
post

काठमाडाैं । शैक्षिक परामर्श सङ्घ (इक्यान)को नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनबाट शेषराज भट्टराई अध्यक्षमा विजयी भएका छन् । अध्यक्षका लागि चार जना उम्मेदवार रहेकामा भट्टराईले दुई सय ३८ र निकटतम् प्रतिद्वन्द्धी विष्णुहरि पाण्डेले एक सय ४६ मत प्राप्त गरे । विद्युतीय मतदान प्रणालीबाट भएको निर्वाचनमा कुल चार सय १९ मतदाताले भाग लिएका थिए ।


कार्यसमितिको उपाध्यक्षहरूमा लन्ड्रयु पौडेल (लक्ष्मण), भुवनबहादुर क्षेत्री, गीता शिवाकोटी (गीताञ्जली) र महासचिवमा दीपक भुसाल निर्वाचित भएका छन् । सचिवमा भावनाथ हुमागाईँ र रत्नबहादुर भट्टराई तथा कोषाध्यक्षमा आशिष कार्की विजयी भएका छन् । 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: