एसईईमा नन ग्रेड भएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने

दर्पण दैनिक १५ असार २०८१,२०:३०
post

काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईभन्दा बढी विषयमा पनि नन ग्रेड भएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् । शिक्षा तथा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी उनीहरूलाई पनि मौका परीक्षा दिने अवसर बनाएकी हुन् । 

योपटक लेटर ग्रेडअनुसार एसईईको परीक्षाफल प्रकाशित भएपछि नन ग्रेड विद्यार्थीले ११ कक्षामा अध्ययन गर्न नपाउने व्यवस्था छ । त्यसैले मौका परीक्षामार्फत ग्रेड बढाउने अवसर छ ।

मन्त्री श्रेष्ठले ठूलो संख्यामा विद्यार्थी अध्ययनबाट वञ्चित हुने अवस्था आएको भन्दै उनीहरूले पनि मौका परीक्षा दिन पाउने निर्णय गरेकी हुन् ।  बिहीबार सार्वजनिक एसईईको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेडमा छन् । यो कूल परीक्षामा सहभागी विद्यार्थीको ५२.१४ प्रतिशत हो ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: