काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको रिक्त सदस्य पदको लागि दरखास्त आह्वान गरेको छ ।
सदस्य पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले ‘त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम दरखास्त आह्वान गरेको हो ।
योग्य व्यक्तिले शिक्षा मन्त्रालयको वेबसाइटमा प्रकाशित कार्यविधिमा उल्लेखित कागजातसहित १९ देखि २८ चैतसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google