काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौदेखि विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् । आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण बिहीबारदेखि सकिएको छ । निजी विद्यालयहरूले क्रमशः गैरनाफामूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनुपर्ने माग राखेका छन् ।
आन्दोलनका कार्यक्रमअनुसार पहिलो दिन १२ भदौ बिहीबार बिहान ११ बजे खबरदारी सभा गरेका छन् । काठमााडौँ उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई र्याली हुँदै कोण सभामा परिणत भएको थियो । यसअघि, हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको थियो ।
यस्तै, भदौ १४ र १५ को आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी बैठक गर्ने छाता संगठनहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, १६ भदौको बिहान ११ बजे देशैभरिका विद्यालय बसहरूमा कालो झण्डा÷ब्यानरसहित उपस्थित हुने कार्यक्रम छ । सरोकारवालाहरूलाई विद्यालयको पायक पर्ने चोकमा उतारी नगर परिक्रममा गरिने छ ।
काठमाडौँ उपत्यकाको हकमा २७ किलोमिटर चक्रपथ वरिपरि तथा जिल्लाहरूमा प्रतिघण्टा २० किमिको गतिमा ¥याली गर्ने कार्यक्रम तय छ । उक्त यात्रीमा सबै संगठनका केन्द्रीय÷प्रदेश÷जिल्ला र पालिकाका सम्पूर्ण पदाधिकारी, सदस्य तथा सबै विद्यालय सञ्चालक, प्रिन्सिपलको अनिवार्य उपस्थिति हुनुपर्ने उर्दी जारी गरिएको छ ।त्यस्तै, १७ भदौमा आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाले व्यापक तयारी तथा समीक्षा बैठक गर्ने कार्यक्रम तय छ । त्यसैगरी, १८ भदौ बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूका सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा खबरदारी सभा गर्ने छाता संगठनहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई र्याली हुँदै कोणसभामा परिणत हुने कार्यक्रम रहेको जनाइएको छ ।
‘१८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गरिने छ,’ विज्ञप्तिमा जनाइएको छ । एमाले कार्यालयअघि शिक्षकको धर्ना, विधेयक सच्याउन माग
यसैबीच, नेपाल शिक्षक महासंघले सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)को पार्टी कार्यालयमा धर्ना दिएको छ । प्रतिनिधिसभामा रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले बिहान ११ बजेदेखि धर्ना दिएको हो ।
यसअघि बुधबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा महासंघले धर्ना दिएको थियो । आज पनि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विगतमा भएको सहमतिअनुसार विधेयक सच्याउन महासंघले माग गरिरहेको हो । महासंघले एमाले महासचिव शंकर पोखरेललाई भेटेर आफ्नो मागबारे जानकारी गराएको छ । अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग महासंघको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google