सरकारी तथा निजी कुनै पनि विद्यालयमा तालाबन्दी हुन दिन्नाैँ : मेयर बालेन

दर्पण दैनिक ३० जेष्ठ २०८०,१५:४५
post

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले महानगरको प्रमुख प्राथमिकता शिक्षा भएको बताएका छन् । महानर क्षेत्रका भित्रका विद्यालयको गुणस्तर सुधार्न निरन्तर अनुगमनमा लागेको बताउँदै मेयर बालेनले पढ्ने ठाउँमा शैक्षिक संगठनले ताला लगाएर शैक्षिक वातावरण विगार्ने र सरकारी तथा निजी कुनै पनि विद्यालयमा राजनीति गर्ने वातावरणलाई महानगरले अन्त्य गर्ने उनले बताएका छन् । काठमाडौँको एक विद्यालयमा लगाइएको ताला समेत महानगरको टोलीले फुटाएको छ ।

उनले भनेका छन्, ‘हामी महानगरभरिका विद्यालयको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौँ । र महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो । यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौँ महानगरपालिकालाई उजुरी गर्ने हो । पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ। चाहे सो विद्यालय सरकारी होस वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यसैले हामीले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडी बढाएका छौँ ।’

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: