स्तनपान सप्ताहको अवसरमा इकुडोलमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

दर्पण दैनिक २३ श्रावण २०८०,०७:५२
post

ललितपुर  ।  विश्व स्तनपान सप्ताहको अवसरमा साउन १९ गते ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)को आयोजना तथा इकुडोल स्वास्थ्य चौकीको समन्वयमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ तारेखसम्म विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ ।

विश्वभर मनाइने स्तनपान सप्ताहले आमाको दूधको फाइदाबारे जनचेतना जगाउने र स्तनपानलाई प्रवर्धन गर्ने विश्वास गरिएको छ । सन् २०२३ मा विश्व स्तनपान सप्ताहको विषयवस्तु स्तपान र काममा केन्द्रित छ । यस वर्षको नाराले कार्यस्थलमा स्तपानलाई वढावा दिन प्रेरित गरेको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता’ भन्ने यसको मुख्य थिम रहेको छ ।

रिकोडका समुदाय सहजकर्ता सबिन तिमल्सिनाले स्तनपान नवजात शिशुको लागि नैसर्गिक अधिकारको रूपमा परिभाषित गरिएको जानकारी दिए । स्तनपानलाई र आमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खाना र वस्तु विक्री वितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा प्रावधान रहेका उनले बताए। प्रसूति गृह वा अस्पतालहरूमा प्रारम्भिक स्तनपानलाई प्रवर्धन तथा स्थापित गर्न मातृ शिशुमैत्री कक्षको व्यवस्था गर्नुपर्ने अहिलेको आवश्यकता रहेको तिमल्सिनाको भनाइ छ ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: