स्वास्थ्य वैज्ञानिकहरूको शिखर सम्मेलन नेपालमा हुने

दर्पण दैनिक २७ चैत्र २०८०,०७:५०
post

नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र २८, २९ र ३० गते शिखर सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।

दिगो विकास लक्ष्य हासिल हुनेगरी स्वास्थ्य क्षेत्रको रणनीतिक योजनालाई अझै प्रभावकारी बनाउनका लागि आवश्यक धारणा तय गर्न सो शिखर सम्मेलन आयोजना गरिएको परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिए । सम्मेलनले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा टेवा पुर्‍याउने विश्वास उनले व्यक्त गरे । 

राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने सो शिखर सम्मेलनमा देश तथा विदेशबाट गरी करिब १ हजार भन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येताकाे सहभागिता रहने पनि सो परिषद्ले जनाएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: