मुम्बईमा अलपत्र गोरखाका बिरामी गंगाबहादुर, पाँच लाख भाडा तिर्दासमेत पाएनन् हवाई यात्रा अनुमति

दर्पण दैनिक १ चैत्र २०८०,१९:३५
post

काठमाडौं । गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं ५ जरेवर निवासी ६१ वर्षीय पुरुष गंगाबहादुर लामा टाटा स्मारक अस्पताल केन्द्र मुम्बईमा उपचार गराउदै आएका छन् ।  लामाको दाहिने फोक्सोको क्यान्सर भएपछि करिब १ महिनादेखि उपचारका लागि मुम्बईमा छन् । मुम्बईमा पनि उपचार सम्भव हुन नसकेपछि उनका छोरा असमान लामाले नेपाल लिएर आउने तयारी गरेपनि हवाई यात्रा अनुमति पाउन सकेका छैनन् ।

उनले भने, ‘बुबाको उपचार सम्भव पनि छैन, घर लिएर जान पाएको छैन । घर जाने भनेको आज ४ दिन बितिसक्दा पनि मेरो बुबालाई नेपाल लिएर जान कठिन भएको छ ।’


मुम्बई देखि काठमाडौंंसम्म भाडादर लगभग पाचँ लाख रुपैयाँ लाग्ने बताउदै आसामानाले भने, ‘जहाज भाडा तिरेर पनि आफ्नो बुबालाई नेपाल लिएर जान पाएको छैन् । लाग्ने हवाई खर्च करिब पाँच लाख दिन तया भएपनि हवाई यात्रा अनुमति पाइएको छैन् ।’ 

गंगाबहादुर लामालाई अक्सिजन सपोर्टको साथ एयर एम्बुलेन्स मार्फत नेपाल लिएर जान टाटा स्मारक अस्पताल प्रशासनले पत्र उपलब्ध गराएको छ । आसामानाले नेपाल लैजान सहयोग गरिदिन अपिल गरेका छन् । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: