एनपीएल सिजन ३ को विजेताले १ करोड ५० लाख पुरस्कार पाउने

दर्पण दैनिक ९ कार्तिक २०८३,१७:४०
post

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा उपाधि जित्ने टोलीले डेढ करोड रुपैयाँ पाउने भएको छ । लिग सुरु हुनुभन्दा एक दिनअघि भएको पत्रकार सम्मेलनमा नेपाल क्रिकेट सङ्घ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले यसबारे जानकारी दिए ।

सङ्घका अनुसार उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ । तेस्रो स्थानमा रहने टोलीलाई ४० लाख र चौथो स्थानको टोलीलाई ३० लाख रुपैयाँ प्रदान गरिनेछ ।

नेपाली क्रिकेटलाई अझ व्यावसायिक बनाउने र प्रतिस्पर्धाको स्तर उकास्ने लक्ष्यका साथ लिग सञ्चालन गरिएको क्यानले जनाएको छ । ठूलो पुरस्कार रकमले खेलाडी र फ्रेन्चाइजीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२
post

च्याम्पियन बन्याे नेपाल

२५ जेष्ठ २०८३,१७:०६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: