महिला टी-ट्वान्टी आई सिरिज : हङकङलाई हराउदै नेपाल च्याम्पियन

दर्पण दैनिक ९ भाद्र २०८०,१५:१९
post

काठमाडौं । नेपालले चारदेश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजको फाइनल खेलमा हङकङलाई पराजित गरि च्याम्पियन भएको छ । नेपालले हङकङलाई डकवर्थ लुईस पद्दती अनुसार १३ रनले पराजित गरि सिरिज च्याम्पियन भएको छ ।  हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा वर्षाका कारण खेल रोकिएको थियो । भारी वर्षाका कारण पुन खेल सुचारु हुन नसक्दा नेपाल विजयी भएको हो । 

वर्षा सुरु हुनु अघि नेपालले ५ दशमलब ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको थियो । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको थियो ।  नेपालकी इन्दु बर्माले १९ बलमा २ चौकासहित १९ रन बनाएकी थिईन् । सीता रानामगरले १३ बलमा १ चौकासहित १३ रन बनाएकी थिईन् । नेपालले ओपनर काजोल श्रेष्ठ पहिलो बलमै गुमाएको थियो । 
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: