काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटमा आवद्ध भएका सदस्य कुनै राजनीतिक दलमा लागे कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।
सोमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोही सदस्य राजनीतिक दलमा आबद्ध भए तत्काल सदस्यता नरहेको स्वघोषणा गर्न अनुरोध गरेको छ ।
'नेपाल स्काउटमा निर्वाचित पदाधिकारीहरू विभिन्न राजनीतिक दलमा आवद्ध रही राजनैतिक गतिविधिमा सक्रिय रहेकोले कानुन बमोजिम कारबाही गरिपाउँ भनि स्काउटरहरूबाट उजुरी तथा गुनासो आएपछि यस्तो निर्ण गरिएको हो,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।