केपी ओली टी-२० को फाइनल आज, मधेस प्रदेश र नेपाल आर्मी भिड्दै

दर्पण दैनिक १५ मंसिर २०८०,०८:११
post

काठमाडाैं । पोखरामा जारी ‘केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । फाइनलमा मधेस प्रदेश र नेपाल आर्मी आज भिड्दैछन् । पोखरा रंगशालामा हुने यो खेल साढे १२ बजेदेखि सुरू हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जानकारी दिएको छ ।

बिहीबार सम्पन्न सेमिफाइनल खेलमा मधेस प्रदेशले एपीएफलाई पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड,पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: