
काठमाडौं । भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न भएको आरोपमा २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ । अध्यागमन विभागले उनीहरूको भिसा रद्द गर्दै नेपालबाट प्रस्थान गरेको मितिले तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने निर्णय गरेको हो ।
विभागका अनुसार नेपालमा उनीहरूको बसाइ शंकास्पद देखिएको, आचरण संदिग्ध रहेको र प्राप्त भिसाको उद्देश्यविपरीत कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि विभागमा उपस्थित गराएको थियो ।
उनीहरू मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालाती मार्गको ‘सुन्दर डाँडा’ क्षेत्रमा रहेको नेपाल न्यु कभनेन्ट कलेज (एनएनसीसी) को दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भएका थिए । पर्यटक भिसामा नेपाल आएका उनीहरू धार्मिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।
सबै २४ जनाको भिसाको म्याद कायम रहे पनि भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै अध्यागमनसम्बन्धी प्रचलित कानुनअनुसार जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । विभागले असोज २८ गते निर्णय गर्दै उनीहरूलाई निष्कासन गरेको हो ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)






































































-1787461102.jpg)





.jpeg)










































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)
































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google