
सन्तोष दहाल, ललितपुर । गोदावरी नगरपालिका ९ छम्पीमा सोमबार बिहानैदेखी बाघ कराएको आवाज सुनियो । गाउँमा नजिकै बाघको आवाज सुनेपछी स्थानीयवासी त्रसित भए ।
खेतबारीमा मल हाल्न जान तयार परेका किसान घरबाट निस्कन सकेनन्, गाईवतुलाई घाँस काट्न जाने घाँसेहरु घरभित्रै लुकेर बसे । दिनभर आएको आवाज राती पनि रोकिएन ।
मङ्गलबार बिहान पनि बाघको आवाज आउन बन्द नभएपछी स्थानीयले प्रहरी प्रशासन गुहारे । ठ्याक्कै यहीँबाट आवाज आएको भन्ने थाहा पाउन नसकेका स्थानीय र फर्सीडोल प्रहरी प्रभाग प्रमुख मधुसूदन विष्टसहितका प्रहरीले खोजी तीव्र पारे । अन्त्यमा उक्त आवाज डुकुछप टोकलमाठका ईश्वर पाण्डेले स्पिकरमा ब्लुटुथमार्फत बाघको आवाज बजाएको पाईयो ।
नक्कली आवाज सुनाएर स्थानीयबासीलाई आतंकित बनाएपछी प्रहरी टोली डुकुछापस्थित पाण्डेको घरमा पुगेको छ । गोदावरी नगरपालिका ७ को वडा पशु प्राविधिक ( नगरपालिकाका कर्मचारी) समेत रहेका पाण्डेले गल्ती स्वीकार गरेका र अब यस्तो गल्ती नदोहोर्याउने वाचा गरेको छम्पीका सरोज विष्टले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google