बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ, ४ बालिकाको उद्धार

दर्पण दैनिक ८ मंसिर २०८१,१०:२२
post

काठमाडाैँ । कास्की प्रहरीले बालबालिकालाई बन्धक बनाइ यौनकार्यमा लगाएको आरोपमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ भने ४ जना बालिकाको उद्दार गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङ्टार गाउँपालिका ४ स्थायी घर भइ हाल पोखरा ६ लेकसाइडस्थित होटल स्नोल्याण्डमा डेरा गरी बस्ने १९ वर्षीया ममता तामाङ, मकवानपुर बागमती गाउँपालिकां ८ स्थायी घर भइ हाल काठमाडौंको बूढानिलकण्ठ नगरपालिका ७ कपन बस्ने  २३ वर्षीया रिना तामाङ र पूर्वी नवलपरासी मध्यबिन्धु नगरपालिका १० स्थायी घर भइ हाल पोखरा ६ लेकसाइड बस्ने १९ वर्षीया जस्मिन ठकुरी रहेका छन् ।

उनीहरूले ती ४ जना बालिकालाई राम्रो जागिर दिन्छु, तलब राम्रो हुन्छ भन्दै विश्वासमा पारी कोठा बाहिरसमेत निस्किन नदिइ परपुरुषसँग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याउँदै आएको प्रहरीको भनाइ छ ।


 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: