काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै पहिचान खुलाउनेविरूद्ध गौशाला-२६ ले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी छन् ।
गौशाला २६ ले दुईवटा कसुरमा अनुसन्धान गरिदिन जाहेरी दिएकी हुन् । यसबारे साइबर ब्युरोले अनुसन्धान गरी पहिचान खुलाउने व्यक्तिहरूको खोजी भइरहेको एसपी ब्युरोका प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिए ।
‘हाम्रोमा एउटा जाहेरी परेको छ । हामीले यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान गर्दैछौं,’ उनले भने ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google