अश्लील जन्य क्रियाकलाप गर्न बाध्य पारी स्क्रिन रेकर्ड पठाउने एकजना पक्राउ

दर्पण दैनिक २८ बैशाख २०८०,१३:०३
post

काठमाडौँ । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ परेका छन् । फेसबुकमा साथी बनी म्यसेन्जरमा वार्तालाप गर्ने क्रममा पीडित महिलालाई ललाई फकाइ अश्लील जन्य क्रियाकलाप गर्न बाध्य पारी सोको स्क्रिन रेकर्ड  पीडित महिलालाई नै बारम्बार पठाइ आफू अनुकूल फाइदा लिने काठमाडौँको कीर्तिपुरका नरेन्द्र केसी पक्राउ परेका हुन् । 

आफ्नो योजना अनुसारको कार्य गर्न पीडित महिला तयार नभएपछि उनले महिलाका आफन्त तथा साथीलाई म्यासेन्जरमा अश्लील क्रियाकलापमा संलग्न भएको स्क्रिन रेकर्ड पठाएर हैरानी गर्न थालेपछि पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । 

केसीलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा सम्मानित काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ब्युरोबाट खटिई गएको टोलीले प्रहरी वृत्त कीर्तिपुरको सहयोगमा पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रकरीले जानकारी दिएको छ । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५