
काठमाडाैं । साथी बनेर झुट्ठा बहाना बनाई पीडितलाई ई सेवा वालेटमा रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । काठमाडाैं २२ खिचापोखरी बस्ने बर्ष ३२ की दिपाञ्जली थापा (उषा कार्की) र बर्ष २० की निकिता सुवेदीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
प्रहरीले उनीहरूलाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएकाे काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका ती महिलाले पीडितको मोबाईल नम्बरमा फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी हुँ, काठमाण्डौंको बाँसबारीमा घर छ, यूनिभर्सिटिबाट MBBS Toper डाक्टर हुँ, हाल बिद्यालय सम्बन्धी शैक्षिक कार्यक्रम लगायत बिद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण गर्ने काम गर्छु भनी झुट्ठा बहाना बनाएर ईसेवा वालेटमा रकम पठाउन लगाएकाे भन्दै प्रहरीमा उजुरी परेकाे थियाे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google