माल्टा पठाउने भन्दै पैसा लिएर फरार भएकी २९ वर्षिया युवती पक्राउ

दर्पण दैनिक १५ मंसिर २०८०,१६:५३
post

काठमाडौं । माल्टा पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिकाकी २९ वर्षिया लक्ष्मी श्रेष्ठ रहेकी छन् । उनी हाल काठमाडौंस्थित बाफल बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार उनले कुलमान कुमालसहित दुईजनालाई माल्टा जान कुल ९ लाख रुपैयाँ लाग्ने बताएकी थिइन् । माल्टामा प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक पारिश्रमित एक लाख रुपैयाँ दिने हुने बताएकी थिइन् ।

पटकपटक गरी ६ लाख आठहजार रुपैयाँ लिएर सम्पर्कविहीन पीडितहरू प्रहरीकहाँ पुगेका थिए ।

उनलाई आज बिहान बाफलबाट पक्राउ गरिएको हो । थप अनुसन्धान तथा कारकाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: