१० विद्यार्थीलाई पूर्ण छात्रावृत्ति दिने एलिजा गौतमकाे घोषणा

दर्पण दैनिक ११ बैशाख २०८०,१३:३३
post

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी नेतृ एवम् समाजसेवी एलिजा गौतमले १० जना गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई कक्षा १ देखि एस.ई.ई.सम्म पूर्ण छात्रावृत्ति प्रदान गर्ने भएकी छन् । उनले सुकेधारामा रहेको आफूले पढेको विद्यालय सेन्ट देविस ईंग्लिस स्कूलका १० जना विद्यार्थीलाई पूर्ण छात्रावृत्ति दिने भएकी हुन् ।

आज (आइतबार) विद्यालयमा आयोजित एक समारोहकाबीच उनले विद्यालय व्यवस्थापन टिमसँग उक्त सम्झौता गरेकी हुन् । शिक्षा क्षेत्रमा योगदान पुर्याउने आफ्नो बाल्यकालदेखि चाहना भएको उल्लेख गर्दै उनले आज उक्त चाहना पूरा भएकोमा खुशी व्यक्त गरेकी छिन् । सो अवसरमा फाउण्डेशनकी संस्थापक संरक्षक गीतादेवी भेटुवालको पनि उपस्थिति थियो ।

गौतमले लेखेकी छन

आदरणीय आमा–बुवा, दाजुभाइ तथा दिदि–बहिनी अनि आत्मीय मित्रहरु, सबैमा मेरो नमस्कार । समाजसेवाप्रतिको मेरो रुचि दिनानुदिन बढ्दै गएको छ । समाजसेवाको पारिवारिक पृष्ठभूमिबाट आएको हुनाले पनि बाल्यकालदेखि नै मेरो यसप्रति ठूलो रुचि अनि लगाव छ ।
पछिल्ला दिन मैले एलिजा फाउण्डेशनमार्फत सामाजिक कार्यहरु गर्दै आएकोबारे यहाँहरु जानकार नै हुनुहुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरफाई अनि महिला सशक्तिकरणलगायत समाजका महत्वपूर्ण क्षेत्रमा केही न केही योगदान पुर्याउन पाउँ भन्ने मेरा चाहना पूरा हुँदैछन् । आज मैले पढेको सुकेधारामा रहेको विद्यालय सेन्ट देवी एकेडेमी ईंग्लिस स्कूलमा प्रमुख अतिथिको रूपमा सहभागी हुने मौका मिलेको छ ।
यस पावन–पुनीत अवसरमा मैले यस विद्यालयमा अध्ययनरत दश जना गरिब, असहाय र कुनै कारणले शिक्षा लिनबाट बञ्चित भएका विद्यार्थीहरुको लागि कक्षा १ देखि कक्षा एस.ई.ई. सम्म पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छु ।

आजै विद्यालय व्यवस्थापन पक्षसँग यसबारे मैले सहमतिसमेत गरेको जानकारी गराउन चाहन्छु । आगामी दिनमा छात्रवृत्तिको संख्या (कोटा) पनि बढाउने प्रण गर्दछु । विद्यालयमा शिक्षक.शिक्षिकाहरु अनि विद्यार्थी भाई÷बहिनीहरुले देखाउनुभएको सद्भाव, सम्मान अनि मायाका लागि आभारी छु ।

सबैको साथ र सहयोगले नै यो सबै सम्भव भएको छ । आगामी दिनमा पनि समाजसेवाका मेरा पाईलाहरु निरन्तर अघि बढ्नेछन् । सबैमा धन्यवाद ।
एलिजा गौतम
अध्यक्ष, एलिजा फाउण्डेशन
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: