भक्तपुरमा टिपरकाे ठक्करबाट २३ वर्षीय युवकको मृत्यु

दर्पण दैनिक २० आश्विन २०८०,१५:०१
post

काठमाडाैं । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ श्रृजनानगर चोकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । भक्तपुरबाट काठमाडौं जाँदै गरेको नम्बर नखुलेको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ९७ प २९५० नंको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका–८ घर भई हाल सूर्यविनायक नगरपालिका–८ बस्ने २३ वर्षीय रामशरण थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई हाल काँडाघारी बस्ने १८ वर्षीय शिव आलेमगर घाइते भएका छन् । घाइते मगरको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको पाठकले जानकारी दिए । घटनापछि फरार रहेका टिपर चालकको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: