काठमाडाैं । जापान पठाइदिने भन्दै २ सय बढी जनाबाट करिब ३ करोड रकम ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई सार्वनजिक गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले आफ्नो नक्कली नाम बताइ अरुका नाममा कम्पनी खोल्न लगाइ ठगी गरेको खुलेको छ । पाण्डेलाई अनामनगरबाट र श्रेष्ठलाई कागेश्वरी मनोहराको विष्ट गाउँबाट पक्राउ गरिएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google