क्लब ५० को १९औँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत

दर्पण दैनिक १० फाल्गुन २०८२,१५:१४
post

काठमाडौँ । क्लब ५० नेपालको १९औँ साधारण सभा सम्पन्न भएको छ । काठमाडौँस्थित अलोफ्ट होटलमा सम्पन्न उक्त साधारण सभाबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष रोशनकुमार न्याछ्यौँ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । निर्वाचन आयुक्त दीपक मल्होत्राले उक्त घोषणा गरेका हुन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रदीपकुमार कार्की, उपाध्यक्षमा युवराज श्रेष्ठ, महासचिवमा हवेन्द्रप्रसाद देव, कोषाध्यक्षमा पदमराज सुवेदी तथा कार्यकारिणी सदस्यहरूमा सुवर्ण राजभण्डारी, प्रमोद जैसवाल, शान्ति मोक्तान, सिर्जना मास्के, बाबा खड्का सुवेदी र डा. कविता अधिकारी सर्वसम्मत चयन भएका छन् ।

क्लबका तात्कालीन अध्यक्ष तथा निवर्तमान अध्यक्ष डा. अंगुर कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभाका प्रमुख अतिथि अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय थिए ।

पानसमा बत्ती बालेर राष्ट्रिय गानसहित कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा अतिथिहरूलाई निवर्तमान वरिष्ठ उपाध्यक्ष रोशनकुमार न्याछ्यौँले स्वागत मन्तव्य व्यक्त गरेका थिए । क्लबका महासचिव युवराज श्रेष्ठले क्लबका गतिविधिबारे प्रष्ट पारेका थिए ।

कार्यक्रममा क्लब फिफ्टीद्वारा प्रकाशित ‘अभियान’को १४औँ अंकको विमोचन गरिएको थियो । प्रमुख अतिथि तथा सभापति अंगुर कार्कीलगायत मञ्चासीन अतिथिहरूले संयुक्त रूपमा उक्त अंकको विमोचन गरेका थिए ।

‘अभियान’का अतिथि सम्पादक साहित्यकार रमेश दाहाललाई सभापति तथा निवर्तमान अध्यक्ष अंगुर कार्कीद्वारा विशेष धन्यवादसहित कदरपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

क्लबका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सल्लाहकार परिषद्का संस्थापक अध्यक्ष कुलप्रकाश मास्के, पूर्व अध्यक्षहरू भूपेन्द्र कार्की, शादरभक्त रञ्जित, दमन बस्नेत, रमेश लुइटेल, दीपक मल्होत्रा, वरिष्ठ पत्रकार जीवराम भण्डारी तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललगायतले मन्तव्यसहित शुभकामना दिएका थिए ।

शुभकामना मन्तव्यका क्रममा पूर्व गृहमन्त्री निरञ्जन थापाले क्लब फिफ्टी नेपाल ५० वर्षमाथिका नागरिकहरूको संस्था भए पनि यसको क्रियाकलापले ‘जेनेरेशन जेड’ (Gen Z) पुस्ताको क्लबजस्तै अनुभूति गराएको बताए ।

प्रमुख अतिथि उपाध्यायले आफू ५० वर्ष नपुगे पनि कार्यक्रमको माहोलले ५० पुगेको अनुभूति दिलाएको बताए । उनले क्लब भन्नेबित्तिकै मनोरञ्जनमुखी क्रियाकलाप सञ्चालन गर्ने संस्था बुझिने भए पनि क्लब फिफ्टीले गरेका सामाजिक कार्यहरू कुनै एनजिओ–आइएनजिओभन्दा कम नभएको उल्लेख गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष अंगुर कार्कीले आफ्नो कार्यकालमा भएका गतिविधिहरूको चर्चा गर्दै सम्पूर्ण पदाधिकारी, सदस्य तथा सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेकी थिइन् ।

अक्षेता शाक्यको सुमधुर स्वरमा सञ्चालन भएको कार्यक्रम समापनपश्चात् ‘ककटेल डिनर’को आयोजना गरिएको थियो ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

मिथिलामा सुरु भयो छठपर्व

९ कार्तिक २०८२,०८:१०
post

आज सोनाम ल्होसार

६ माघ २०८२,०८:५९
post

२३ सहसचिवको सरुवा

१४ फाल्गुन २०८२,२१:११

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: